बैंकिङ्ग समाचार, काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड गण्डकी प्रदेश कार्यालयले गण्डकी प्रदेश अन्तर्गतका २२ जना शाखामा कार्यरत कर्मचारीहरुलाई कार्यक्रम सुधार गर्ने हेतुले मिति २०८० साउन २६ गते गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको पोखरा दिप सागर होटलमा फिल्ड व्यावस्थापन तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा शाखामा काम गर्दा गुण्स्तरीय प्रगती कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम सम्पन्न गरीएको थियो । तालिममा संस्थाको गण्डकी प्रदेश प्रमुख टोप बहादुर रास्कोटी र केन्द्रिय कार्यालयका कर्जा विभाग प्रमुख कसा लाल विश्वास प्रमुख प्रशिक्षक रहेका थिए भने सहप्रशिक्षकमा गण्डकी प्रदेशका कार्यक्रम अधिकृत शिव वहादुर कार्की रहेका थिए । तालिममा मुख्य गरी कर्मचारीको क्षमता अभिवृद्धिका साथै मनोवल वृद्धि गराई स्वउत्प्रेरीत भई शाखाको काम गुणस्तरीय वनाउने उदैशयले तालिम गरीएको थियो ।
तालिममा केन्द्र व्यावस्थापन, कर्जा र वचतको महत्व सम्वन्धि कार्यक्रम अधिकृत शिव वहादुर कार्कीले, फिल्ड कर्मचारीको भुमिका, असल कर्मचारीमा हुनुपर्ने गुणहरु, कर्जा विश्लेषण प्रक्रिया, कर्जा सदुपयोगीताको महत्व र सदस्य संरणक्ष विषयमा गण्डकी प्रदेश प्रमुख टोप बहादुर रास्कोटी र कर्जा जोखीम, जोखीम हुनुका कारण, जोखीम समाधान, कर्जा जोखीम व्यावस्था, कर्मचारीमा हुने गुणहरु र धितो कर्जा लगानी गर्दा गर्नेुपर्ने विश्लेषण, विधी, प्रक्रिया, धितो अनुगमन वारेमा कर्जा विभाग प्रमुख कसा लाल विश्वासले प्रशिक्षण दिएका थिए ।
उक्त तालिम समापन कार्यक्रममा सहभागीको तर्फबाट अन्जिता मल्ल, सञ्जु श्रेष्ठ र कृष्ण प्रसाद अर्यालले मन्तव्य राख्दै तालिम फलदाई भएको तथा तालिममा सिकेका कुरा फिल्डमा लागु गर्न सवैजना सहभागीलाई अनुरोध गर्दै आगामी दिनहरुमा यस्ता तालिमहरु गराउन माग गर्देै संस्था र प्रदेश कार्यालयलाई धन्यवाद दिएका थिए । तालिम समापन समारोहमा प्रशिक्षक कसालाल विश्वासले सबै सहभागीलाई सक्रियरुपमा सहभागी भएकोमा धन्यवाद दिंदै तालिममा सिकेका कुरा व्यावहारमा लागु गर्न र कुनै दुविधा भएमा सम्पर्क गर्न जानकारी दिए ।
तालिम समापनमा अध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख टोप बहादुर रास्कोटीले सहभागी सवैलाई धन्यावाद ज्ञापन गर्देै यस अर्थिक वर्षमा शाखाहरुलाई दिईएको लक्ष्य शतप्रतिशत पुरा गर्न र गण्डकी प्रदेलाई संस्थाको एक नम्वर उपलव्धी हासील गर्ने प्रदेशको रुपमा विकास गर्न सबै जना सक्रिय रुपमा टिम स्प्रिट बनाई कार्य गर्न निर्देशन दिएका छन् । उक्त समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरीएको थियो ।
वनेपामा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई आरम्भ चौतारी लघुवित्तको रुपमा काम गर्दै आईरहेको छ । ६ प्रदेश कार्यालय र १४० शाखा कार्यालय मार्फत यस लघुवित्त वित्तीय संस्थामा ९७ हजार सदस्य ४३ हजार ऋणी मार्फत १ अर्व ४८ करोड बचत निक्षेप संकलन गरी ४ अर्व ५८ करोड उठाउन बाँकी कर्जा लगानी गरेको छ । संस्थाले ६ ओटै प्रदेश कार्यालयहरुमा सम्पूर्ण सहायक कर्मचारीहरुलाई फिल्ड व्यावस्थापन तालिम आयोजना गरेको छ ।
प्रतिक्रिया