बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि. बीच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंक र तायो इको रिर्सोट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकवर्ग तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।
प्रतिक्रिया