बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सरोकारवाला निकाय तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितीकाबीच त्रिभुवन विमानस्थलको भन्सार विभागबाट गत साउन ३ गते पक्राउ परेको अवैध सुन गाल्न थालेको छ ।
यसअघि हिजो ब्रेक प्याडबाट उक्त सुन छुट्याउने काम भएको थियो । पक्राउ पर्दा १ क्विन्टल बढि भनिएको उक्त सुन यसरी छुट्टाएपछि ६० किलो सात सय ८९ ग्राम मात्र तौल रहेको पाइएको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान गरिएको छ ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्ने आचार्यले बताएका छन् । ।
हेर्नुहोस् फोटोफिचर (तस्बिरः ज्ञानु श्रेष्ठ, बैंकिङ्ग समाचार)
प्रतिक्रिया