ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा १५% सम्म छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा १५% सम्म छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं । 
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् । ग्राहकहरुले मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ ।

एक पटकको खरिदमा दुई सय रूपैयाँसम्म र योजना अवधिभर पाँच सय रूपैयाँसम्म छुट पाइने बैंकले बताएको छ । यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुने बताइएको छ ।

ग्लोबल आइएमई बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेतबाट बैंकिङ्ग सेवा दिइरहेको छ ।