प्रभु बैंकद्धारा आफ्ना शेयरधनीलाई पुरानो नगद लाभांशको भुक्तानी लिन आग्रह

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका आफ्ना शेयरधनीलाई नगद लाभांश भुक्तानी लिन आग्रह गरेको छ ।

बैंकले साविक सेञ्चुरी बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट, सेती फइनान्स लिमिटेडको विभिन्न साधारण सभाबाट पारित गरिएको नगद लाभांश लिन छुटेका शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।

बैंकले लाभांश लिन छुट भएका शेयरधनीहरुलाई आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरी सो लाभांश लिन आग्रह गरेको छ ।

\"\"