मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले रामनगर समुदायिक हस्पिटलमा विशेष छुट पाउने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ नवलपरासीको भुमहीमा रहेको “रामनगर समुदायिक हस्पिटल प्रा. लि.” (Ramnagar Samudayik Hospital Pvt. Ltd.) सँग छुट प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवाहरुमा विशेष २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।