सिटिजन्स बैंकका ग्राहकले बुटवलस्थित चौराह हस्पिटलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले बुटवलस्थित चौराह हस्पिटलमा विशेष छुट पाउने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई बुटवलको कालिकानगरस्थित चौराह हस्पिटलमा विशेष छुट हुने भएको छ । छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भए पश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।