१० अर्बको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक

१० अर्बको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ख’ बिक्री मार्फत आन्तरिक ऋण उठाउन लागेको हो ।

उक्त विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते सोमवार निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ ।

यही साउन २९ गते निष्काशन हुने यस ऋणपत्रको २०८८ साउन २९ गते साँवा भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिनेछ ।