अरुण काबेली पावरको हकप्रद निष्काशन मिति परिवर्तन, अब कहिले खुल्छ आवेदन ?

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अरुण काबेली पावर कम्पनीले हकप्रद शेयर निष्काशन मिति परिवर्तन गरेको छ । भदौ ८ गतेदेखि २८ गतेसम्म हकप्रद शेयर निष्काशनको मिति उल्लेख गर्दै साउन २५ गते आव्हान पत्र सार्वजनिक गरेको कम्पनीले साउन २६ गते भदौ ११ गतेदेखि ३१ गतेसम्म हुनुपर्नेमा अन्यथा भएको भन्दै सच्याएको हो ।

अब कम्पनीको हकप्रद शेयरमा भदौ ११ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो । यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।