बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर प्रयोजनार्थको लागि शेयरमूल्य समायोजन भएको हो ।
मूल्य समायोजन भएसँगै हाइड्रोको शेयरमूल्य प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ । बिहीबार हाइड्रोपावरको अन्तिम कारोबार प्रतिकित्ता ३८६.१० रुपैयाँमा भएको हो ।
हाइड्रोपावरले हकप्रद जारी तथा साधारणसभा प्रयोजनार्थ साउन २५ गते बुकक्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा शेयरमूल्य समायोजन भएको हो । यससँगै नेप्सेमा आइतवारबाट यस हाइड्रोपावरको शेयर कारोबार समायोजित मूल्यको आधारमा हुनेछ ।
प्रतिक्रिया