भगवती हाइड्रोपावरको आईपीओ स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीमा बाँडफाँड सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयमा असार २४ गतेदेखि साउन १४ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार २४ गतेदेखि साउन ७ गतेसम्म आइपीओ विक्री गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १६ रूपैयाँ थप गरी प्रतिकित्ता ११६ रूपैयाँमा आईपीओ विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रूपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आइपीओ विक्री गरिएको हो ।

त्यस्तै, कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार १०० रूपैयाँ बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानीयमा जारी गरिएको आइपीओ खरीदका लागि आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आइपीओ भने ८ हजार ५८१ जना आवेदकहरूले १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

\"\"