बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज साउन २५ गते बिहिवार घोराही सिमेन्ट इण्डष्ट्री सहित तीन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ सहितको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण शेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण शेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ र संस्थापक शेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता शेयर रहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू.२२६ दशमलव ६१ देखि रू. ६७९ दशमलव ८३ सम्म ओपनिङ रेन्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा आउनेछ । स्टक सिम्बोल ‘जीसीआईएल’ (GCIL) रहेको छ । कम्पनीको सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा हिमालयन क्यापिटल ठमेलबाट हुनेछ ।
यस्तै, थ्रीस्टार हाइड्रोपावर लिमिटेड को पनि ४९ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको १२ लाख ३१ हजार २५० कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ३६ लाख ९३ हजार ७५० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले ‘टिएसएचएल’ (TSHL) कारोबार संकेत प्रदान गरेको छ । कम्पनीको सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा हिमालयन क्यापिटल ठमेलबाट हुनेछ ।
यस्तै, अप्पर साँङ्गे हाइड्रोपावर लिमिटेड को पनि २२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ८ लाख ७० हजार कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका १३ लाख ३० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले ‘युएसएचएल’ (USHL) कारोबार संकेत प्रदान गरेको छ । कम्पनीको सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुनेछ ।
प्रतिक्रिया