हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए २० कित्ताका दरले शेयर

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए २० कित्ताका दरले शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा आज बिहिबार बिहान आइपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार यस आइपीओमा कुल २७ हजार २ सय ३६ जनाको आवेदन परेकोमा ५ जनाको आवेदन रद्द भएको छ । शेयर पाउन योग्य रहेका २७ हजार २ सय ३१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट १४ हजार ६ सय २५ जना आवेदनले २० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा १२ हजार ६ सय ६ जना आवेदकको हात खाली भएको छ ।