सूर्योदय वोमी लघुवित्तको ११ लाख ८७ हजार कित्ता बढि बोनस शेयर नेप्सेमा सूचीकृत

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २०८० वैशाख ३० गते सम्पन्न भएको ११औं वार्षिक साधारणसभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर सूचिकृत भएको हो ।

कम्पनीको कुल ११ लाख ८७ हजार ९७७ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।