बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ सय ३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले ३५ दिनभित्र यो शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।
लघुवित्तको प्रतिशेयर विक्रीमूल्य रू. ७ सय रहेको छ । सोही मूल्यलाई आधारमा मानेर खरीदकर्ताले निवेदन पेश गर्नुपर्ने छ ।
प्रतिक्रिया