बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।
बैंकले प्रदेश म्यानेजरमा डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि केही, ब्रान्च म्यानेजरमा सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, रिलेशनसिप म्यानेजरमा अफिसर, जूनियर अफिसर र सुपरभाइजरका लागि केही, लेगल डिपार्टमेन्टमा सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, आइटी रिक्स डिपार्टमेन्टमा इन्फरमेशन सेक्रेटरी एनलाइस्ट, सुपरभाइजर र असिस्टेन्टका लागि केही, इन्फरमेशन टेक्नोलोजि डिपार्टमेन्टमा कोर बैंकिङ स्टिममा असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका लागि केही, कोर बैंकिङ स्टिममा अफिसर र जूनियर अफिसरका लागि केही, आइटी सपोर्टमा सुपरभाइजर असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
त्यस्तै, बैंकले डिजिटल बैंकिङ यूनिटका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको वेबसाईट https://www.ctznbank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ६ गते (अगस्ट २३) भित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया