सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का छाप्ने स्वीकृति

सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का छाप्ने स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले ५ रुपैयाँका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १५ करोड थान ५ रुपैयाँका सिक्का टकमरी (छपाई) गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो ।

हाल नेपाल राष्ट्र बैंकको टक्सार विभागले १ रुपैयाँ र २ रुपैयाँ दरको सिक्का मात्रै टकमरी गर्दै आएको छ । सरकारले स्वीकृति दिएसँगै अब राष्ट्र बैंकले ५ रुपैयाँ दरको सिक्का बजारमा ल्याउने छ ।

केही वर्षअघिसम्म ५ र १० रुपैयाँका सिक्का चलनचल्तीमा रहेको भएपनि हाल प्रायः यी सिक्का चलनचल्तीबाट हटेका छन् । ५ रुपैयाँका सिक्का टकमरी गर्न राष्ट्र बैंकले स्वीकृति पाएसँगै यी सिक्का छपाई कार्य अघि बढ्नेछ । राष्ट्र बैंकले ५ रुपैयाँ दरको नयाँ सिक्का नयाँ डिजाइनमा चलनचल्तीमा ल्याउने उद्देश्यले टकमरीका लागि स्वीकृति माग गरेको थियो ।