सन नेपाल लाइफको आईपीओ बाँडफाँड, धेरै पाउनेले ५० कित्तासम्म शेयर पाए

सन नेपाल लाइफको आईपीओ बाँडफाँड, धेरै पाउनेले ५० कित्तासम्म शेयर पाए


बैंकिङ्ग समाचार, काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्सले साउन १ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा सोमबार बिहान आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा निष्काशन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनमा ल्याएको उक्त शेयर सोमबार बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार यस आइपीओमा कुल २७ हजार ९ सय ५ जनाले आवेदन दिएकोमा ४ जनाको आवेदन रद्द भई कुल २७ हजार ९ सय १ जना मात्र योग्य आवेदन परेको थियो ।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर वितरण भएको छ ।

क्यापिटलका अनुसार १० देखि ४० कित्तासम्मको लागि आवेदन दिने ९ हजार ७४ जना आवेदकले माग गरे अनुसार नै शेयर पाएका छन् । त्यस्तै ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् ।

त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८ सय २७ जना आवेदक मध्ये १६ सय २८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।