बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९२ पैसा रहेको भन्दै यस अघिको विवरणलाई सच्याएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिसम्मको प्रतिशेयर आम्दानी २६ रूपैयाँ २७ पैसा रहेको समेत प्रष्ट पारेको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन २० गते सार्वजनिक गरेको थियो । उक्त वित्तीय विवरण अनुसार बैंकले सो अवधिसम्म ३ अर्ब ९ करोड ९३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा गत वर्ष ३९ दशमलव २५ प्रतिशत बढी भएको हो ।
प्रतिक्रिया