हिमालयन ब्रोक्रेज मार्फत हुने शेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाट गर्न सकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन ब्रोक्रेज मार्फत हुने शेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी अब डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा देखि गर्न सकिने भएको छ ।

यसका साथै हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क पनि इसेवा मार्फत गर्नसकिन्छ । यस सम्झौताले लगानीकर्ताहरुलाई  हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको शेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीले जनाएको छ । 

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३)का अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।