बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा बैंकले १ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा १.६४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.५७ प्रतिशत बढेको छ भने बैंकको सञ्चालन आम्दानी झिनो अर्थात २.२४ प्रतिशतले बढेको छ । सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड २२ लाख रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४० लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ ।
बैंकको नाफामा संकुचन आए सँगै बैकको प्रतिशेयर आम्दानीमा गिरावट भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट घटेर २१ रुपैयाँ २४ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ छ ।
६ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३७ करोड ३७ लाख लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया