काठमाडौं – देशमा एकपछि अर्को घटनाले बीमा कम्पनीहरू दोहोरो दबाबमा परेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निर्जीवन बीमा कम्पनीमा २३ अर्ब बढीको बीमा दावी पर्यो । त्यसको दावी भुक्तानी नसल्टिँदै गत असोज १७, १८ र १९ गते भएको भारी वर्षाका कारण गएको बाढी पहिरोले थप चुनौती आइलागेको छ ।
बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले सो आन्दोलनका कारण दर्ता भएका १ हजार ९ सय ८४ को सङ्ख्यामा परेको बीमा दाबीहरूबाट बीमा कम्पनीहरूले २३ अर्ब रुपैयाँभन्दा बढीको दायित्व व्याेहोर्नु पर्ने देखाएको हो । बीमा कम्पनीहरूले हालसम्म जेनजी आन्दोलनमा भएको क्षतिको करिब १ अर्ब बढी दावी भुक्तान गरिसकेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । उता गत वर्षको असोज १२ को विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ ।
गत भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले बीमा कम्पनीहरूमा निम्त्याएको ठुलो आर्थिक भार व्यवस्थापन नहुँदै नेपाली बीमा कम्पनीहरूमा अर्को समस्या आइलागेको छ । आन्दोलनमा उठेको २३ अर्ब दावी भुक्तान हुन नसक्दै यता गत असोज १७, १८ र १९ गते भएको भारी वर्षाका कारण बीमा कम्पनीमा पुनः ठुलो रकम बराबरको बीमा दावी पर्ने देखिएको हो ।
यता, बैंकको ब्याजदर घट्दा यसै पनि नाफा सुधार गर्न नसकेका बीमा कम्पनी आफै समस्यामा परेका छन् ।
हालै देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षाले पुर्याएको क्षतिमा सक्दो चाँडो दाबी भुक्तानी उपलब्ध गराउन नेपाल बीमक संघले आग्रह गरिसकेको छ । संघले अबिरल वर्षाको कारणले आएको बाढी तथा पहिरोले पुर्याएका क्षतिको जानकारी गर्नको लागि सम्पूर्ण बीमित तथा ग्राहकहरूलाई आ–आफ्नो सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।
बीमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजु रमण पौडेल बीमा कम्पनीहरूले गरेको बीमाको पुनर्बीमा भर पर्ने र पुनर्बीमाको दावी भुक्तानी भए कम्पनीमा समस्या देखा नपर्ने उनी बताउँछन् । ‘पोहोरको वर्ष पनि बाढी आयो त्यसपछि जेनजी आन्दोलन र अहिले फेरी बाढी पहिरो आयो । यता बीमाको आवश्यकता नै यस्तो समयमा पर्ने भएकाले यसका लागी आवश्यक प्रबन्ध पक्कै पनि मिलाएका छन्’ उनले बैंकिङ्ग समाचारसँग भने । अविरल वर्षाको समयमा सरकारले अपनाएको पूर्व सावधानीले ठूलो धनजनको क्षति नभएपनि भौतिक सम्पत्ति तहसनहस हुँदा बीमा कम्पनीहरूमा अर्बाैं रकमको बीमा दावी पर्ने देखिन्छ । यसले बीमा कम्पनीहरूलाई ठूलो आर्थिक दबाबमा पार्ने पक्का छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । उता गत वर्षको असोज १२ को विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ ।
यता गत वर्ष २०८१ को असोज दोस्रो साता आएको अविरल वर्षाका कारण पुगेको क्षतिको कारण ३ हजार ५२९ बीमा पोलिसीमार्फत १२ अर्ब बढी बीमा दावी परेको थियो । गत वर्षको बीमा दावीको फाइल थक्याइ नसक्दै जेनजी आन्दोलनको क्षति बीमा कम्पनीहरूको टाउको दुखाइ बन्न पुगेको थियो । तर, हालैको वर्षाले पुर्याएको क्षतिले भने बीमा क्षेत्रमा नै एक किसिमको संकट आउने देखिन्छ ।
गत भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले बीमा कम्पनीहरूमा निम्त्याएको ठुलो आर्थिक भार व्यवस्थापन नहुँदै नेपाली बीमा कम्पनीहरूमा अर्को समस्या आइलागेको छ । आन्दोलनमा उठेको २३ अर्ब दावी भुक्तान हुन नसक्दै यता गत असोज १७, १८ र १९ गते भएको भारी वर्षाका कारण बीमा कम्पनीमा पुनः ठुलो रकम बराबरको बीमा दावी पर्ने देखिएको हो ।
हालै देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षाले पुर्याएको क्षतिमा सक्दो चाँडो दाबी भुक्तानी उपलब्ध गराउन नेपाल बीमक संघले आग्रह गरिसकेको छ । संघले अबिरल वर्षाको कारणले आएको बाढी तथा पहिरोले पुर्याएका क्षतिको जानकारी गर्नको लागि सम्पूर्ण बीमित तथा ग्राहकहरूलाई आ–आफ्नो सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।
सगरमाथा लुम्बिनी इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री बीमा कम्पनीहरू हालसम्म भएको क्षतिको दावी तिर्न सक्षम भएको बताउँछन् । बीमा कम्पनीहरूले गरेको बीमाको पुनर्बीमा पनि हुने भएकाले लगातार आएको विपद्बाट पनि जोगिएर ठुलो संकटमा पर्नबाट जोगिएको उनको भनाइ छ ।
बाढीको प्रभावले हाइड्रोपावरमा उल्लेख्य क्षति
यही असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका हुन् ।
समयमै आवश्यक पूर्व तयारी गर्दा पनि १५ वटा जलविद्युत् आयोजनाहरूको उत्पादन बन्द भएको छ। यस्तै, निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँच मार्गमा देखिएको छ। जलविद्युत् क्षेत्रमा भएको क्षतिका कारण पनि बीमा दावी पर्ने छ ।





About Us
प्रतिक्रिया