सूर्योदय वोमी लघुवितद्धारा ३० हजार बीमा रकम हस्तान्तरण

सूर्योदय वोमी लघुवितद्धारा ३० हजार बीमा रकम हस्तान्तरण

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय बनगाई कपिलबस्तुले बीमा रकम प्रदान गरेको छ  ।

श्रावण १८ गते सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. बनगाई शाखा कार्यालयमा एक जना सदस्यलाई श्रीमान को मृत्यु भएकाले दावि भुक्तानी बापतको बीमा रकम प्रदान गरिएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका ७ बनगाई शाखा स्थित सोहि नगरपालिकाको वडा नं. ७, मोतिपुर घर भएकी समुह नं. १४५.००६२ कि सदस्य सोमलि थारु को श्रीमानको २०७८ साल मा मृत्यु भएको र हाल आवश्यक कागजात पेश गरिसके पछि जाचँ बुझ गरि बीमा राहत रकम ३० हजार रुपैया सोहि वडा का वाड सदस्य सावित्रा थारु मार्फत एक कार्यक्रम विच प्रदान गरिएको हो ।

कार्यक्रममा उपस्थित व्यक्तीहरुले यसरि राहात रकम प्रदान गर्दा पुर्णरुपमा समस्याको सामाधान नभएननि समस्या परेको घाउमा मलम लगाउने काम गरेको प्रति खुशि व्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रा कार्यक्रम व्यबस्थागर्न समेत सुझाव दिएका थिए ।

सोहि कार्यधmममा बोल्दै वडा सदस्य सावित्रा थारुले लघुकार्यक्रममा आवद्ध भएर सबैजना सचेत भई वित्तीय कारोबार र पारदर्शि हुन समेत सल्लाह दिइन् । सो कार्यक्रममा स्थिानिय अन्य भद्र भलादमि, बनगाई शाखा का शाखा प्रमुख,कर्मचारी को उपस्थिति समापन गरिएको थियो ।