बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रसिद्ध भारतिय प्लेब्याक गायक जावेद अली नेपाल आइपुगेका छन् । शुक्रबार प्रिभे नेपाल, द सोल्टी काठमाडौंमा आफ्नो लाइभ प्रस्तुतिको लागि उनी काठमाडौँ आइपुगेका हुन । उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो ।
चलचित्र ‘रकस्टार’ को ‘कौन फाया कौन’ चलचित्र ‘गजनी’ को ‘गुजारिश’ चलचित्र ‘रांझना’ को ‘तुम तक’ चलचित्र ‘बजरंगी भाईजान’ को ‘तु जो मिला’ लगायतका ५०० भन्दा धेरै हिन्दी गीतका प्लेब्याक गायक अली नेपाल आएका हुन् ।
उस्ताद हमिद हुसेनका छोरा जावेद सानै उमेरदेखि लोकप्रिय कव्वाली गायनको वातावरणमा हुर्केका थिए । विभिन्न संगीत प्रतियोगिताहरुमा भाग लिएर, उनले आफ्नो गायन कलालाई अझै निखारे र अन्ततः उनी बलिउडमा जमे ।
लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको जावेद अली लाइभ इन नेपालका लागि उनी नेपाल आएका हुन् । शुक्रबार हुने उनको प्रस्तुती हेर्न माईपे डिजिटल वालेटबाट टिकेट लिन सकिने माईपेले जनाएको छ । संगित प्रेमिहरु उनको प्रस्तुती हेर्न अत्यन्त उत्साहित देखिएका छन् ।
माईपे मार्फत टिकट काट्नको लागि लिङ्कः https://bit.ly/Javed-Ali-Book-Ticket-Now







About Us
प्रतिक्रिया