बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८९ को वार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशन गरेको उक्त अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ ।
समिक्षा अवधिमा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ९ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रहेको छ, यस अनुसार बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ । कम्पनीको खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष १ दशमलव ०७ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव ०१ प्रतिशत रहेको छ ।
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।
प्रतिक्रिया