आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको आईपीओ सहित करिब ५ करोड कित्ता शेयर सूचीकृत

आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको आईपीओ सहित करिब ५ करोड कित्ता शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आइएमई लाइफ इन्स्योरेन्सको कुल ४ करोड कित्ता र नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछन् ।  

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण, बैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारहरुलाई निष्कासन गरेको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड ८० लाख कित्ता गरेर कुल ४ करोड कित्ता साधारण शेयर सूचीकृत गराएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १७६ दशमलव ५३ देखि ५२९ दशमलव ५९ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल आइएलआई (ILI) रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने पनि जानकारी दिएको छ । 

त्यस्तै, नेपाल रिपब्लिक मिडियाको सर्वसाधारण, बैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारहरुलाई निष्कासन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरेर कुल ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. ८४ दशमलव ४७ देखि २५३ दशमलव ४१ सम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

कम्पनीको स्टक सिम्बोल एनआरएम (NRM) रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंबाट हुने जानकारी गराएको छ ।