बैंकिङ्ग समाचार, काठमाडौं ।
बिगत लगातार ५५ वर्षदेखि बैंकिङ्ग क्षेत्रको अनुभव सम्हालेका नारायणदास मानन्धरले प्राइम कमर्सियल बैंकको सीईओ पदबाट अवकास लिएका छन । उनको कार्यकाल साउन १६ गतेदेखि सकिएपछि उनी बैंकबाट विदा भएका हुन् । प्राइम कमर्सियल बैंकको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा रहेका मानन्धरले यो बैंकमा १६ वर्ष काम गरेर बिदा लिएका हुन् ।
कृषि विकास बैंकको स्थापनादेखि उक्त बैंकमा काम गरेका मानन्धरले त्यस पश्चात राष्ट्रिय वाणिज्य बैंक, लुुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकमा पनि काम गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी सो को विपक्षमा अदालतसम्म समेत पुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई दुई कार्यकाल बढी समय काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।
त्यसयता उनी प्राइम कमर्सियल बैंकको सीईओका रुपमा लगातार काम गरिरहेका थिए ।
प्रतिक्रिया