बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नेपाल सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले उक्त विकास ऋणपत्र साउन १८ गते बोलकबोल मार्फत् बिक्री गर्ने र साउन १९ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिद गर्नका लागि बोलकबोल पेश गर्न राष्ट्र बैंकले सबै सरोकारवालालाई आग्रह गरेको हो ।
राष्ट्र बैंकले निष्काशन गर्न लागेको यस विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया