चन्द्रागिरि हिल्स लिमिटेडको १४औँ वार्षिकोत्सव कार्यक्रम संम्पन्न

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चन्द्रागिरि हिल्स लिमिटेडले यहि २०८० श्रावण १४ गतेका दिनमा कम्पनीको १४औं वार्षिकोत्सव कार्यक्रम संचालन गरि संम्पन्न गरेको छ । व्यवस्थापक समुहले आयोजना गरेको कम्पनीको १४ औं वार्षिकोत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम संचालन गरिएको थियो । 

उक्त वार्षिक उत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षको हातबाट प्रमाणपत्र तथा ट्रफी वितरण गरि हौसला प्रदान गरिएको थियो । त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई अध्यक्षको तर्फबाट प्रमाणपत्र, चाँदीको लकेट, एक रातको लागि परिवार सहित निशुल्क रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरि कर्मचारीहरुलाई थप हौसला प्रदान गरिएको थियो ।

यस कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएका दुई जना कर्मचारीहरुलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षबाट सम्मान गरिएको थियो ।

अध्यक्षको अध्यक्षता एवं कम्पनी सचिव झलकराज शर्माबाट कार्यक्रमको संचालन गरिएको यस कार्यक्रममा कम्पनीका महाप्रवन्धकले स्वागत मन्तव्य दिनुका साथै संचालक समितिका सदस्यहरुको तर्फबाट शुभकामना मन्तव्य दिइएको थियो ।

कम्पनीका अध्यक्षले उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना दिदै पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको चन्द्रागिरिमा घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई पहिलो रोजाई स्थल हुने गरि सेवा प्रदान गर्न अनुरोध गर्दे कम्पनीमा कार्यरत कर्मचारीहरुले कम्पनीबाट दिइएको जिम्मेवारी पूर्ण रुपमा पालना हुने नै छ भन्ने विश्वासका साथ कम्पनीको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको साँस्कृतिक कार्यक्रम संचालन गरि मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

\"\"