सूर्योदय वोमी लघुवित्तद्धारा बीमा राहत रकम वितरण

सुरेश शर्मा
854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बनगाई शाखा कार्यालय कपिलबस्तुद्धारा एक जना सदस्यलाई बीमा राहत रकम प्रदान गरिएको छ ।

बाणगंगा नगरपालिका ७ बनगाई शाखा स्थित सोहि नगरपालिकाको वडा नं. ५, खुटेलि गाउँमा सोहि वडाका वाड सदस्य बुद्धु थारु मार्फत एक कार्यक्रम गरि समुह नं. १४५.००५८ कि सदस्य सावित्रा सुनारको श्रीमानको मृत्यु गत जेष्ठ महिनामा भएको र हाल आवश्यक कागजात पेश गरिसके पछि जाचँ बुझ गरि बीमा राहत रकम ३० हजार रुपैया प्रदान गरिएको हो ।

कार्यक्रममा उपस्थित व्यक्तीहरुले यसरि बीमा दावि वापतको रकम प्रदान गर्दा पिडितलाई राम्रो र थोरै भएपनि आर्थिक तवरबाट केहि राहत हुने जनाएका छन् । वडा सदस्य बुद्धु थारु ले पनि समय सापेक्ष अनुसारका यस्ता किसिमका कार्यक्रम भए सबैजना सचेत भई वित्तीय कारोबारमा पारदर्शि हुने सल्लाह समेत दिएका थिए ।

सो कार्यक्रममा स्थिानिय व्यक्तीत्व, बनगाई शाखा का शाखा प्रमुख, कर्मचारी लगायत १८ जना को उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा हाल को अवस्था ले बित्तिय प्रभाव बारे जानकारी गराउदै त्यस्ता समस्याहरु बाट जोगिन सल्लाह सुझाव दिदै शाखा प्रमुख दिपक महराले कार्यक्रम समापन गरे ।

\"\"