बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हिजो सामान्य अंकले बढेको भएपनि साताको कारोबारको तेस्रो दिन आज मंगलवार फेरि उच्च अंकले घटेको छ । आज नेप्से २८.५९ अंकले घटेर २ हजार ७७ दशमलब ५८ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ५.८४ अंकले बढेर २ हजार १ सय ६ दशमलब १८ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज १ अर्ब ९२ करोड ४४ लाख बराबरको कारोबार भएको छ । सोमवार १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १९६ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज सुपर मादि हाइड्रोपावरको शेयरमूल्यमा करिब प्रतिशतको वृद्धि भएको छ ।
आज किसान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ८ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया