होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्न नियुक्त गर्यो लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक

होटेल क्राउन इम्पेरियलले आईपीओ निष्काशन गर्न नियुक्त गर्यो लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्किड होल्डिंग्स लिमिटेडले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन प्रयोजनार्थ यस संस्थाले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । होटेल क्राउन इम्पेरियलले १०० रूपैयाँ अंकित दरका १अर्ब १५ करोड रूपैयाँ रकम बराबरको १ कराेड १५ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेकाे हाे ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिरमान मास्केले हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले २०७६ सालदेखि रविभवनमा चार तारे होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल रहेका छन् । यसका साथै उस होटलमा ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।