सिटिजन्स बैंकका ग्राहकले दराजबाट सामान खरिदमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले दराजबाट सामान खरिदमा विशेष छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले दराज क्यामूमार्फत सामान किन्दा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक बिहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा ५ सय रुपैयाँसम्म छुट पाउने छन् । यसका साथै सिटिजन्स बैंकबाट आउँदो अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप १५० रुपैयाँसम्मको भौचर प्राप्त गर्न सक्नेछन् ।

दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथली स्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैकिंङ्ग अधिकृत मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरुलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे । सो अवसरमा दराजका प्रमुख संचालन अधिकृत अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्धन गर्दै जाने धारणा राखेका थिए ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।