बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो केहि दिन देखि लगातार घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमवार सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ५.८४ अंकले घटेर २ हजार १ सय ६ दशमलब १८ विन्दुमा बन्द भएको हो । आइतवार नेप्से २६.१४ अंकले घटेर २ हजार १ सय दशमलब ३४ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा समान्य अंकको वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ । आज १ अर्ब ८५ करोड ८० लाख बराबरको कारोबार भएको छ । आइतवार २ अर्ब ५० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १११ कम्पनीको शेयरमूल्य बढेको छ भने ९९ कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज सनराइज ब्लु चिप फण्डको शेयरमूल्यमा ७ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ ।
आज विन नेपाल लघुवित्त र ग्लोबल आइएमई डिबेन्चर २०८६–८७ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ८ करोड ८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया