बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले ४ हजार ७१८ कित्ता संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताका लागि विक्री खुला गरेको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा आवेदन प्राप्त नभएपछि उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
बैंकले डिल बहादुर बंशी मगरको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । यो शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने उल्लेख गर्दै कम्पनीले मूल्य भने खुलाएको छैन ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर खरीदका लागि आवेदन पेस गर्नुपर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेस गर्न सकिने छ ।
प्रतिक्रिया