बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलो चरणमा निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार २७ गतेदेखि साउन १० गतेसम्म निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटलले उक्त आइपी बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओमा २७ हजार १४४ जना योग्य आवेदकबाट १९ लाख ६२ हजार ९७० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
कम्पनीको शेयरमा आवेदन गर्ने सबै आवेदकले शेयर पाएका छन् । १० कित्तादेखि ५० कित्तासम्म आवेदन दिएका १० हजार ९९९ जना आवेदकले माग अनुसार नै शेयर पाएका छन् । ६० देखि ५४०० कित्ता शेयरको लागि आवेदन दिएकाहरुले पनि न्यूनतम ५० कित्ता शेयर पाएका छन् । त्यस मध्येबाट ८ हजार ४२९ जनाले थप १० कित्ता अर्थात ६० कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गरेको हो । अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
प्रतिक्रिया