बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतवार पनि दोहोरो अंकको गिरावट जारी रहेको छ । आज नेप्से २६.१४ अंकले घटेर २ हजार १ सय दशमलब ३४ विन्दुमा बन्द भएको हो । बिहिवार नेप्से २९.७१ अंकले घटेर २ हजार १ सय २६ दशमलब ४८ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा दोहोरो अंकको गिरावट भएपनि कारोबार रकम भने स्थिर रहेको छ । आज २ अर्ब ५० करोड २८ लाख बराबरको कारोबार भएको छ । बिहिवार २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज पिपुल्स पावर लिमिटेड र सुपर माइ हाइड्रो पावरको शेयरमूल्य ३ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया