थप सात नयाँ स्टक ब्रोकरले पाए नेप्सेबाट कारोबार सदस्यता

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्जले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ ।

नेप्सेका अनुसार सदस्यता पाउने थप कम्पनीहरूमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज र कलश स्टक मार्केट छन् ।

यसअघि ६७ नम्बरसम्म ब्रोकर सदस्यता वितरण गरिसकेको नेप्सेले ६८ नम्बरमा एटिल स्टक हाउस लिमिटेड, ६९ नम्बरमा इन्डेक्स सेक्युरिटिज, ७० नम्बरमा इन्फिनिटी सेक्युरिटिज लिमिटेड, ७१ नम्बरमा शुभकामना सेक्युरिटिज, ७२ नम्बरमा हातेमालो फाइनान्सियल सर्भिसेस, ७३ नम्बरमा मनि वर्ल्ड शेयर एक्सचेन्च र ७४ नम्बरमा कलस स्टक मार्केटलाई सदस्यता प्रदान गरेको छ ।

यसअघि पनि नेप्सेले पहिलो तहको सीमित कार्य गर्ने ७ कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । पहिलो चरणमा कारोबार सदस्यता पाएका ७ वटा ब्रोकर कम्पनीले असारदेखि कारोबार सञ्चालन गरिसकेका छन् ।