स्वस्तिक लघुवित्तले आइपीओ निष्काशन प्रयोजनार्थ नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गर्यो विक्री प्रबन्धक

स्वस्तिक लघुवित्तले आइपीओ निष्काशन प्रयोजनार्थ नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गर्यो विक्री प्रबन्धक

सुरेश शर्मा
364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण र नबिल इन्भेस्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

स्वस्तिक लघुवित्तले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागेको हो । स्वस्तिक लघुवित्तको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा. ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ ।