सात ब्रोकर कम्पनीहरुलाई निक्षेप सदस्यता प्रदान

सात ब्रोकर कम्पनीहरुलाई निक्षेप सदस्यता प्रदान


बैंकिङ्ग समाचार, काठमाडौं ।
असार २८ गतेदेखि धितोपत्र बजारमा प्रवेश गरी कारोबार शुुरू गरेका नयाँ सात ब्रोकर कम्पनीहरूले निक्षेप सदस्यता प्राप्त गरेका छन् । धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदान गर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले शुक्रवार सात कम्पनीहरूलाई निक्षेप सदस्यता प्रदान गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई निक्षेप सदस्यता प्रदान गरेको हो ।

निक्षेप सदस्यता प्राप्त गरेका यी ब्रोकर कम्पनीहरूबाट अब कारोबार खाताका साथै डिम्याट खाता समेत खोल्न सकिने छ ।