बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियमवापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीका लागी सुरक्षित गरेको छ ।
साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।
आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ । यसले वित्तीय दायीत्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यमरुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया