मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मिटर ब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले शुक्रबार मिटर ब्याजसम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको थियो । गत असार ३१ गते प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई साउन १० गते राष्ट्रियसभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले गरेका हुन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

\"