बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर अर्थात पूँजी कोष लागू भएको छ । केन्द्रिय बैंकले विगत केहि वर्षदेखि स्थगन गर्दै आएको उक्त व्यवस्था चालु आर्थिक वर्षबाट कार्यन्वयनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति २०८०र८१ मा गरिएको व्यवस्था कार्यान्वयनको लागि आज साउन १२ गते शुक्रबार एकीकृत निर्देशन जारी गर्दै सबै वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
उक्त निर्देशन अनुसार हाल कुल ११ प्रतिशत पूँजीकोष कायम गर्दै आएका बैंकहरुले अब काउन्टर साइक्लिकल बफर अनुसार थप २.५ प्रतिशत पूँजी थप गरी कुल १३.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ बमोजिम र ‘ख’ वर्गका राष्ट्रिय स्तर बाहेकका र ‘ग’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २००७ (२००८ जुलाईमा अद्यावधिक) अनुसार काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्नेछ ।
प्रतिक्रिया