बैंकिङ्ग समाचार, काठमाडौं ।
तेह्रथुम पावर कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । तेह्रथुम पावरको सञ्चालक समितिको निर्णय बमोजिम नबिल इन्भेस्टमेन्ट बैंकिङ्गलाई हकप्रद शेयर बिक्री प्रबन्धमा नियुक्त गरिएको हो ।
यससम्बन्धी सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मोहनकुमार डाँगी र नबिल इन्भेस्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच हस्ताक्षर सम्पन्न भएको छ ।
तेहूथुम पावरले आफ्ना शेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेको छ । सम्झौतामा नबिल इन्भेस्टमेन्टले तेह्रथुम पावरको सर्वसाधारणमा हकप्रद शेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ ।
प्रतिक्रिया