बैंकिङ्ग समाचार, काठमाडौं ।
साना किसान विकास लघुवित्तले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । मर्जरपछि कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त केही समय पहिले मात्रै मर्ज भएर साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन भइसकेको छ ।
सेयर रजिष्ट्रार सम्बन्धी काम गर्ने सम्ताझौको लागि यस कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा. नबराज सिम्खडा तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
योसँगै यस कम्पनीको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, शेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सनराइज क्यापिटलले गर्नेछ ।
प्रतिक्रिया