बैंकिङ्ग समाचार, काठमाडौं ।
कुथेली बखुरी स्मल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीले साउन १० गते देखि लागु हुने गरी शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंलाई नियुक्त गरेको जानकारी दिएको हो ।
अव कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरु एनएमबि क्यापिटलबाट हुनेछन् । कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँड पश्चात शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया