लुम्बिनी विकास बैंकले चौथो त्रैमाससम्म कमायो ६१ करोड नाफा, ईपीएस सामान्य घट्यो

लुम्बिनी विकास बैंकले चौथो त्रैमाससम्म कमायो ६१ करोड नाफा, ईपीएस सामान्य घट्यो

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।

समिक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलना ३.८८ प्रतिशतले घटेर ६१ करोड २४ लाख रुपैयाँमा सीमित रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ । निष्क्रिय कर्जा बढेर ३.०१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ४० करोड पुगेपछि बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि घट्न पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४० पैसा रहेको थियो ।

असार मसान्तसम्ममा ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।