कुमारी बैंकका दुई नयाँ शाखा काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा

कुमारी बैंकका दुई नयाँ शाखा काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं वडा नं १४ कुलेश्वर र वडा नं ४ धुम्बाराहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखाहरु विस्तार गरेको बताएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर ३०४ शाखा, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ्ग सेवा दिइरहेको छ ।