हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन आग्रह

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको ५ वर्षभन्दा पहिला सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको आर्थिक वर्ष २०७४/७५ सम्मको नगद लाभांश हालसम्म पनि बुझिनलिएकोले सो लाभांश रकम शेयरधनीहरूलाई लिन अनुरोध गरेको हो ।

हालसम्म पनि नगद लाभांश नलिएका शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड अख्तियारमार्ग, काठमाडौंमा यथाशीघ्र सम्पर्क गरी लिन सक्नेछन् । 

साथै यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र नगद लाभांश बुझिलिन नआएमा उक्त नगद लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।