बैंकिङ्ग समाचार, काठमाडौं ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि साउन १२ गते भोलि बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यस आधारमा आज साउन ११ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याउनेछ । विद्युत नियमन आयोगले आयोगले कम्पनीलाई माघ १२ गते हकप्रद निष्काशन गर्न स्वीकृती दिएको थियो ।
कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजना प्रबर्द्धन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
प्रतिक्रिया